"नेपालको वैधानिक कानून" - (पुस्तक समिक्षा")
बोर्ड परीक्षाको तयारीका क्रममा मैले प्राध्यापक जगदीशचन्द्र रेग्मीको उत्कृष्ट कृति ‘नेपालको वैधानिक कानून’ पुन: पढ्न अवसर पाए । बाल्यकालदेखि नै इतिहासप्रतिको आकर्षण अझ दृढ हुन पुगेको छ । साथीहरू दन्ते कथाहरूमा मग्न हुन्थे , म हाम्रो विद्यालयको पाठ्यक्रममा छरिएका "नेपाली श्रृङ्खला" र "सामाजिक" पुस्तकहरू को सहारा लिन्थे ।
जगदीशचन्द्र रेग्मीको ‘नेपालको संवैधानिक कानून’ हातमा समातेर एउटा बहुमूल्य रत्न फेला पारेको अनुभूतिले छाएको छ । निस्सन्देह, प्रत्येक शौकीन पाठकले उनीहरूको मनपर्ने विधा बाट मनपर्ने पुस्तक प्राप्त गर्दा यो अनुभूति अनुभव गरेको हुनुपर्छ। यद्यपी यो पुस्तक कानुनका विद्यार्थीहरूलाई अनिवार्य रूपमा अध्धयन गर्नको लागी म अनुरोध गर्दछु ।
यो किताब पैरवी बुक हाउस प्रा .ली द्वारा २०७७ मा प्रकाशित तेस्रो संस्करण हो ।यसमा पुरातनदेखि मध्ययुगीन समय र राणा युगसम्म पनि विस्तृत
विवरणहरू समावेश भएको पाईन्छ भने बिभिन्न
युगमा घटेका घटनाहरू पनि यसमा उल्लेखित छन । यसको अन्तिम अध्यायाय तिर
एउता ध्यान खिच्ने एउटा मनमोहक किस्सा
जङ्गबहादुर राणा र एक मालीको बारेमा समावेश भएको छ । किताबको पृष्ठ ४३५ मा घटना लाई यसरी चित्रण गरेको पाईन्छ ।
जङ्गबहादुर राणा र एक माली[1]
जङ्गबहादुर र माली जङ्गबहादुरको न्याय संवत् १९०६ तिरको घटना हो ।
जङ्गबहादुरको थापाथली दरबारको बँगैचाको विस्तार गर्न छिमेकी जग्गावाल शिवनारायण मालीको जग्गा लिन आवश्यक भएको थियो । त्यस समयको चलनचल्तीमा त्यो जग्गा रू ७०० (सात सय रुपियाँ) मोलिएको थियो । उक्त जग्गावाल मालीका सात भाइ छोरा थिए र मालीले आफ्नो जग्गामा छाप्राहरू बनाएको थियो ।
आफ्नो जग्गाको आवश्यकता जङ्गबहादुरलाई भएको थाहा पाएर मालीले आफ्नो जग्गा १,५०० रुपियाँ पाए मात्र बेच्न सक्ने बतायो । यसरी मालीसँग सात सय रुपियाँ जाने जग्गालाई डब्बलभन्दा बढी बढाएको थाहा पाएर पनि जङ्गबहादुर मालीसँग जग्गा किन्न १,५०० रुपियाँ दिन तयार भए ।
आफूले मागेको रकम पाउने भएपछि मालीले आफ्नो जग्गा दिन आनाकानी गर्न थाल्यो, आफ्नो जग्गाको मोल दोब्बर पाए अर्थात् तीन हजार । जङ्गबहादुर अलिकति विचार गरी त्यति रकम दिन पनि तयार भए । सात सय रुपियाँ पर्ने जग्गाको तीन हजार मोल आउने स्थिति भएपछि पनि मालीले निहुँ खोज्न छोडेन र जग्गा दिनै परे प्रत्येक छोरालाई एक एक ओटा घर र पाँच हजार रुपियाँ पाएमात्र जग्गा बेच्न राजी भयो ।
यसरी जग्गाको मोलतोलमा ज्यादै आनकातान भएपछि जग्गा किन्न खटिएका जङ्गबहादुरका मानिस साह्रै रिसाएर मालीलाई गाली गर्न थाले र जङ्गबहादुरको रवाफ देखाउन थाले । त्यसको सट्टा मालीले जङ्गबहादुर देशमा प्रधानमन्त्री भए पनि आफ्नो जग्गाको मामिलामा आफूखुसी गर्न पाउँछु भनेर डुक्रिन थाल्यो ।
अन्तिममा शिवेनारायण मालीलाई जङ्गबहादुर कहाँ पुयाइयो ।
कानुनी आधारमा इच्छित जग्गाको मोल त्यति नपर्ने बताएर जङ्गबहादुरले सात सय पर्ने जग्गालाई पाँच हजार रुपियाँ तिरेर किने र त्यसमा बगैंचा बनाइदिए । यो घटनाको विववरण जङ्गबहादुरकै छोरा पद्मजङ्ग राणाले लेखेको जङ्गबहादुरको जीवनीमा परेको छ । [2]
.
Comments
Post a Comment