ममता श्रेष्ठ भदौ ६ गते उल्लेखित प्रश्नको विषयमा विभिन्न न्यायविद्हरूको आ-आफ्नै दृष्टिकोण र आयाम छन् । कसैले व्यक्तिगत स्वतन्त्रता को महत्वलाई जोड दिए भने कसैले विपक्षी धारण । यी दुई भिन्ना भिन्नै विचार वीच दुई महत्वपूर्ण विचारहरू John Stuart Mill र Jhering को छ । क. . जोन स्टुअर्ट मिल " जबसम्म व्यक्तिको कुनै पनि शारीरिक वा नैतिक कार्यले अरू व्यक्तिलाई हानी हुदैन तबसम्म राज्यले व्यक्तिको व्यक्तिगत स्वतन्त्रतालाई रोक्न वा सीमित पार्न मिल्दैन ।" 1] - जे यस मिल (अन लिबर्ती ) आफ्नो निबन्ध " on liberty " मा "राज्यले व्यक्ति को स्वतन्त्रतामा कति र कुन बेलामा मात्र प्रतिबन्ध लगाउन सक् छ भन्ने कुरा यकिन गर्नको लागि मार्गदर्शक सिद्धान्त प्रस्ताव गरे। उनको विचारमा , केवल निम्न अवस्थामा "राज्यले" व्यक्ति को स्वतन्त्रता सीमांकन र नियन्त्रण गर्न सक्छ। " राज्यले सभ्य समुदायको कुनै पनि सदस्यमाथि उसको इच्छा विपरीत शक्ति प्रयोग गर्न सकिने अवस्था भनेको , एउटै उद्देश्यको प्राप्तीको लागी हो मात्र हुन सक्छ र त्यो भनेको ...