ममता श्रेष्ठ
भदौ ६ गते
उल्लेखित प्रश्नको विषयमा विभिन्न न्यायविद्हरूको आ-आफ्नै दृष्टिकोण र आयाम
छन् । कसैले व्यक्तिगत स्वतन्त्रता को महत्वलाई जोड दिए भने कसैले विपक्षी धारण । यी दुई भिन्ना
भिन्नै विचार वीच दुई महत्वपूर्ण विचारहरू John Stuart Mill र Jhering को छ ।
क. . जोन स्टुअर्ट मिल
" जबसम्म व्यक्तिको कुनै पनि शारीरिक वा नैतिक कार्यले अरू व्यक्तिलाई हानी हुदैन तबसम्म राज्यले व्यक्तिको व्यक्तिगत स्वतन्त्रतालाई रोक्न वा सीमित पार्न मिल्दैन ।"1]
- जे यस मिल (अन लिबर्ती )
आफ्नो निबन्ध "on liberty" मा "राज्यले व्यक्तिको स्वतन्त्रतामा कति र कुन बेलामा मात्र प्रतिबन्ध लगाउन सक्छ भन्ने कुरा यकिन गर्नको लागि मार्गदर्शक सिद्धान्त प्रस्ताव गरे। उनको विचारमा, केवल निम्न अवस्थामा "राज्यले" व्यक्तिको स्वतन्त्रता सीमांकन र नियन्त्रण गर्न सक्छ।
"राज्यले सभ्य समुदायको कुनै पनि सदस्यमाथि उसको इच्छा विपरीत शक्ति प्रयोग गर्न सकिने अवस्था भनेको , एउटै उद्देश्यको प्राप्तीको लागी हो मात्र हुन सक्छ र त्यो भनेको -'अरूलाई हानि हुन नदिनु हो । '
त्यसैले आफूलाई मात्र हानी भई रहेको अवस्थामा, चाहे त्यो शारीरिक वा नैतिक नै किन नहोस , त्यस अवस्थामा राज्यले व्यक्तिक स्वतन्त्रता सीमित गर्न पाउने पर्याप्त अवस्था बनाउन मिल्दैन । "[1]
- J.S Mill
यहि परिभाषालाई लागूऔषध सेवनको सन्दर्भमा जोडने हो भने , मिलको तर्कले सुझाव दिन्छ कि - "यदि एक व्यक्तिको लागूपदार्थको प्रयोगले अरूलाई प्रत्यक्ष रूपमा हानि गर्दैन भने, समाजले त्यस्तो व्यवहारमा संलग्न हुने व्यक्तिको स्वतन्त्रतामा हस्तक्षेप गर्ने कुनै वैध कारण छैन। उसले सम्भवतः तर्क गर्नेछ कि लागूपदार्थको प्रयोग, आफैंमा, अपराध होइन जबसम्म यसले अरूलाई हानि गर्दैन।यद्यपि, रुडोल्फ भोन जेरिङ, एक जर्मन न्यायविद्को यस विषयमा फरक दृष्टिकोण थियो ।
ख. रुडोल्फ भोन झेरिङ।
एक जर्मन न्यायविद्ले यस विषयमा फरक दृष्टिकोण राखेका थिए र आफ्नो कृति " laws a means to end " [2]मा यो विचार प्रस्तुत गरे। झेरिङले व्यक्ती केवल आफ्नोलागी मात्र हैन , समाजको लागी काम गरी रहेको छ । र यहि अवस्थामा "कानूनको उद्देश्य व्यक्तिगत अधिकार र समाजका आवश्यकताहरू बीच सन्तुलन खोज्ने हो" भनी भनि आफ्नो मत राखे र व्यक्तिक भन्दा पनि सामाजिक प्राप्ती र उपल्ब्धीमा बढी जोड दिए । यही सन्दर्भमा उनले भने
"व्यक्तिको उपस्थिति भनेको उसको लागि मात्र नभई समाजको लागि पनि हो,”[3]
उनले जेएस मिलको “on liberty” को विचारलाई अस्वीकार गरे र यो परिभाषा प्रयोग गर्ने हो भने कुनै पनि सरकारले देशमा लागू औषधको नियन्त्रण गर्न सक्दैन भनेर विचार राखे । उनले भने -
यदि व्यक्तिगत स्वतन्त्रतालाई मात्र जोड दिने हो भने ,
चिनियाँ सरकारले चीनमा अफिमको आयातलाई निषेध गर्न सक्दैन,किनभने त्यस भनाई अनुसार त सरकारले रोक लगाएमा त्यो त खरिदकर्ताको स्वतन्त्रतामा अनुचित उल्लङ्घन हुन आऊछ !
त्यसोभए, चिनियाँ सरकारलाई अफिमको व्यापारमा प्रतिबन्ध लगाउने अधिकार छैन?
के उसले हतियार बाँधेर र राष्ट्रले शारीरिक र नैतिक रूपमा आफैलाई बर्बाद गरिरहेको बेला हेरी मात्र रहने !
अनि यो सब के का लागी ?
केवल किताबमा लेखिएको स्वतन्त्रताको दर्शनको मान राख्नका लागी ! वा प्रत्येक चिनियाँ नागरिकको आफुले चाहेको कुरा किन्नको अन्तर्निहित अधिकारलाई हनननहोस भनेर ?”[5]
झेरिङले व्यक्ति र समाजको सन्धि रहेको र त्यसको उन्नतिका लागि मिलेर काम गर्नुपर्ने धारणा राखे । व्यक्ति आफ्नो लागि र समाजको लागि पनि हुन्छ भन्ने तर्क गर्दै उनले कानूनलाई "व्यक्ति र समाजको वास्तविक साझेदारी" को रूपमा हेर्नुपर्ने तर्क गरे।
‘व्यक्तिको काम चाहे त्यो हातको होस् वा नङ्ग्राको वा दिमागको होस्, अरूको लागि सकेसम्म उपयोगी बनाउनु र त्यसले अप्रत्यक्ष रूपमा आफ्नो लागि पनि र मानवताको सेवाको लागि पनि हरेक शक्तिलाई प्रभावकारी बनाउनु हो- [6]
रुडोल्फ भोन जेरिङले जोड दिए कि व्यक्तिको श्रमको प्राथमिक उद्देश्य, चाहे म्यानुअल वा बौद्धिक, अरूको फाइदाको लागि यसको उपयोगिता अधिकतम बनाउनु पर्छ। झेरिङले सम्पूर्ण मानवताको सेवा गर्नका लागि हरेक मानवीय क्षमताको उपयोग गर्न वकालत गरे र उनले यो अनिवार्यतालाई सभ्य समाजको आर्थिक नियमहरूको केन्द्रबिन्दुमा राख्नु पर्ने तर्क गरे।
जेरिङको यो दृष्टिकोणले सुझाव दिन्छ कि सुरुमा व्यक्तिगत वा पृथक देखिने अपराधहरू जस्तै victimless crime भन्ने लागू औषधी सेवन होस वा suicide सम्मका कार्यहरूले , भित्री रूपमा व्यापक सामाजिक प्रभाव पार्न सक्छ भनेर छाप छोडेको छ । सनको यस भनाई अनुसार लागूपदार्थको प्रयोगले सम्भावित रूपमा सामाजिक हानिहरूको दायरा निम्त्याउन नसक्ने भनेर भन्न मिल्दैन । स्वास्थ्य सेवा प्रणालीमा बढेको बोझ, सामाजिक सेवाहरूमा तनाव, र कहिलेकाहीँ लतसँग सम्बन्धित आपराधिक गतिविधिहरू समावेश छन्। यसले परिवार, समुदाय र कार्यस्थललाई पनि असर गर्न सक्छ। तसर्थ, झेरिङको दृष्टिकोणबाट, लागुऔषध सेवनलाई पीडितविहीन अर्थात victimless crime कार्य मानिने छैन, किनकि यसले व्यवहारमा संलग्न व्यक्तिभन्दा बाहिर समाजमा प्रभाव पार्न सक्छ।
यद्यपि, यो नोट गर्नु महत्त्वपूर्ण छ लागू औषधी सेवन वास्तवमै vicitmless crime को होइन भन्ने बारे नीति र कानुनी ढाँचाहरूमा परिप्रेक्ष्यहरू जटिल र बहुमुखी प्रश्न हरू हुन । जेरिङको दृष्टिकोणले व्यक्तिगत कार्यहरूको व्यापक सामाजिक प्रभावलाई विचार गर्नको लागि एक रूपरेखा प्रदान गरेको छ भने , यस मुद्दाहरूलाई सम्बोधन गर्न विभिन्न अन्य दृष्टिकोणहरू र धारणा हरू छन्, प्रत्येकको आफ्नै तर्क र विचारहरू छन्।
Reference .
[1] Mill, J. S. (1859, January 1). On Liberty.
[2] Bodenheimer, E. (1962, January 1). Jurisprudence.
[3] Bodenheimer, E. (1962, January 1). Jurisprudence.
[4] Id
5] Jhering, Law as a Means to an End, transl. I. Husik (New York, 1924), pp. 408- 409. On Jhering see Patterson, Jurisprudence, pp. 459-464; Friedmann, Legal Theory, 5th ed., pp. 321-325; Iredell Jenkins, "Rudolf von Jhering," 14 Vanderbilt Law Review 169 (1960). Alt Gr€€
[6] ., id pp. 68-69. The value of the individual life, Jhering said, must be measured in terms of the benefits which society derives from it. Id., p. 63. "Pound, Jurisprudence (St. Paul, Minn., 1959
Comments
Post a Comment