" नेपालको वैधानिक कानून" - (पुस्तक समिक्षा") बोर्ड परीक्षाको तयारीका क्रममा मैले प्राध्यापक जगदीशचन्द्र रेग्मीको उत्कृष्ट कृति ‘नेपालको वैधानिक कानून’ पुन: पढ्न अवसर पाए । बाल्यकालदेखि नै इतिहासप्रतिको आकर्षण अझ दृढ हुन पुगेको छ । साथीहरू दन्ते कथाहरूमा मग्न हुन् थे , म हाम्रो विद्यालयको पाठ्यक्रममा छरिएका "नेपाली श्रृङ्खला" र "सामाजिक" पुस्तकहरू को सहारा लिन्थे । जगदीशचन्द्र रेग्मीको ‘नेपालको संवैधानिक कानून’ हातमा समातेर एउटा बहुमूल्य रत्न फेला पारेको अनुभूतिले छाएको छ । निस्सन्देह , प्रत्येक शौकीन पाठकले उनीहरूको मनपर्ने विधा बाट मनपर्ने पुस्तक प्राप्त गर्दा यो अनुभूति अनुभव गरेको हुनुपर्छ। यद्यपी यो पुस्तक कानुनका विद्यार्थीहरूलाई अनिवार्य रूपमा अध्धयन गर्नको लागी म अनुरोध गर्दछु । यो किताब पैरवी बुक हाउस प्रा .ली द्वारा २०७७ मा प्रकाशित तेस्रो संस्करण हो । यसमा पुरातनदेखि मध्ययुगीन समय र राणा युगसम्म पनि विस्तृत विवरणहरू समावेश भएको पाईन्छ भने बिभिन्न युगमा घटेका घटनाहरू पनि यसमा उल्लेखित छन । यसको अन्तिम अध्यायाय तिर ए...